आत्मघाति विष्फोटमा २० मारिए

आत्मघाति विष्फोटमा २० मारिए
फाइल तस्वीर
बिहिबार, अशोज २, २०७६

काठमाडौं । अफगानिस्तानको जाबुल प्रदेशमा आज (बिहीबार) बिहान भएको आत्मघाती विस्फोटमा कम्तीमा २० जना मारिएका छन् ।

जाबुल प्रदेशको कलात शहरमा भएको विस्फोटमा परी अन्य ९० जना घाइते भएका छन् ।

त्यहाँका प्रादेशिक परिषद्का प्रमुख अट्टा जान हकबयानले कलात शहरस्थित राष्ट्रिय सुरक्षा विभाग (नेसनल सेक्युरीटि डिपार्टमेन्ट) को भवनमा पनि क्षति भएको जनाएका छन् ।

तालिवानी लडाकुले आत्मघाती विस्फोट गराएको स्थानीय अधिकारीले जनाएका छन् ।

तालिवानले सेप्टेम्बर महिनाको अन्त्यतिर हुने राष्ट्रपतीय चुनावविरुद्ध हिंसा तीव्र पार्ने चेतावनी दिंदै आएको छ ।

अफगानिस्तानमा आउँदो सेप्टेम्बर २८ तारेखमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति असरफ घानीले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चुनावमा उठ्नेछन् ।