संविधान दिवसको अवसरमा सगरमाथाकर्मी गणेशमानसँगै ६३४ जना सम्मानित

संविधान दिवसको अवसरमा सगरमाथाकर्मी गणेशमानसँगै ६३४ जना सम्मानित
शुक्रबार, अशोज ३, २०७६

काठमाडौं- सरकारले संविधान दिवसको अवसर पारेर ६३४ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा सगरमाथाकर्मी गणेशमान गुरुङसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको छ ।

यो वर्षको संविधान दिवसको अवसरमा महा उज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ।

दीक्षित वरिष्ठ साहित्यकार तथा पूर्व पर्यटनमन्त्री अधिकारीलाई मरणोप्रान्त यो सम्मान गरिएको हो । दीक्षितको यही साउन ३० गने निधन भएको थियो। अधिकारीको फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

त्यस्तै उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ। सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, तथा स्व. पर्यटन व्यवसायी आङछिरीङ शेर्पासहित ७ जनालाई सम्मानित गरिएको छ।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा. भगवान कोइरालासहित ८ जनालाई प्रदान गरिएको छ। गृहका अनुसार सुप्रवल जनसेवाश्री ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ। नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अलङ्कारबाट ७ विभूषित हुने भएका छन्।

सगरमाथाकर्मी गणेशमान गुरुङले प्रवल जनसेवा श्री चतुर्थ पदक प्राप्त गरेका छन् । सम्मानित गुरुङलाई सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले बधाई तथा शुभकामना दिँदै सरकारले सम्मानका लागि उचित व्यक्ति छानेको बताएका छन् ।

अध्यक्ष गुरुङले सम्मानित गणेशमानले सगरमाथा टेलिभिजनमा काम गर्दा कुशल कार्य सम्पादन गरेको तथा जिम्मेवारीलाई उचित ठंगले निर्वाह गरेको भन्दै उज्जवल भविष्यको कामना गरेका छन् ।

हेर्नुहोस पदक पाउनेको नामावली