वासिङटनमा गोलि चल्यो, एकको मृत्यु

वासिङटनमा गोलि चल्यो, एकको मृत्यु
शुक्रबार, अशोज ३, २०७६

काठमाडौ । अमेरिकाको राजधानी वासिङटनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

वासिङ्टन डिसीस्थित ह्वाइट हाउसबाट तीन किलोमिटर पर कोलम्बिया हाइट्समा गोली चलाइएको थियो ।

घाइते पाँच जना मध्ये दुई जनाको अवस्था गम्भीर छ । वासिङ्टन डिसी प्रहरीले घटनामा दुई जना पुरुष बन्दुकधारी संलग्न भएको अनुमान गरे पनि पक्राउ गर्न सकेको छैन ।

प्रहरीले प्रत्यक्षदर्शीको बयानका आधारमा खोजी कार्य जारी राखेको जनाएको छ । पछिल्लो समय अमेरिकामा गोलिकाण्डका घटना बढेका छन् ।