खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटयो

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य  घटयो
शनिबार, अशोज ४, २०७६

नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।

अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब हवाई इन्धन (वाह्य) तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ । निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो ।