कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक

कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
मङ्लबार, अशोज ७, २०७६

काठमाडौं । कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको हो । गत वैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरिएको बोर्डले जानकारी दिएको छ ।

गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइटलगायतमा लगइन गरी हेर्न सक्नेछन् ।