नेतालाई मुटुरोग विशेषज्ञको सुझाव कम बोल्नुहोस् मुटु जोगाउनुहोस्

ओलीको स्वास्थ्य आधा ठिक आधा बेठिक - डा.अरुण सायमी

नेतालाई मुटुरोग विशेषज्ञको सुझाव कम बोल्नुहोस् मुटु जोगाउनुहोस्
आइतवार, अशोज १२, २०७६

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

सगरमाथा टेलिभिजनसँगको कुराकानीमा डा. सायमीले प्रधानमन्त्रीले आधार ठीक र आधा बेठिक रहेको बताएका छन् ।

उनले अधिकांश नेताहरुको स्वास्थ्य अवस्था जाँच गर्ने क्रममा आफूले नेताहरुलाई कम बोल्न सुझाव दिने गरेको बताए ।

नेपालका नेताहरु चाहिने भन्दा बढी बोल्ने र बोलिकै प्रेसरका कारण उनीहरु मुटुरोगी बन्ने गरेको बताए ।

उनले अहिलेको अवस्थामा नेपालले जस्तो सुकै मुटुसम्बन्धि उपचार गर्ने भन्दै मुटुकै उपचारका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताएका छन् ।

डा.सायमीसँग गरिएको विस्तृत कुराकानी यहाँबाट सुन्नुहोस्