प्रतितोला ६ सय रूपैयाले घट्यो सुनको भाउ

प्रतितोला ६ सय रूपैयाले घट्यो सुनको भाउ
आइतवार, अशोज १२, २०७६

काठमाडौँ । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला ६ सयले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५ सयमा कारोबार भएकोमा आज भने प्रतितोला ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६ सयले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ ले घटेर प्रतितोला ८ सय ४५ मा कारोबार भएको छ ।