सभामुख महरामाथि यौन दुर्व्यवहार गरेको भन्दै लाग्यो गम्भिर आरोप

सभामुख महरामाथि यौन दुर्व्यवहार गरेको भन्दै लाग्यो गम्भिर आरोप
सोमवार, अशोज १३, २०७६

काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

संसद सचिवालयमै कार्यरत स्वास्थ्य सेवातर्फका एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन्।

आइतबार राति तिनकुनेस्थित ती कर्मचारीको कोठामै पुगेर दुर्व्यवहार गरेको आरोप सभामुख महरामाथि लागेको हो ।

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको बताउने ती महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन्।

प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ ।

सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ। महराको औपचारिक प्रतिक्रिया केहीवेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक र्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।