महराको राजीनामा : प्रचण्डका ज्वाइसमेत रहेका सहयोगी सागर केसीले बुझाए उपसभामुखलाई पत्र

महराको राजीनामा : प्रचण्डका ज्वाइसमेत रहेका सहयोगी सागर केसीले बुझाए उपसभामुखलाई पत्र
मङ्लबार, अशोज १४, २०७६

काठमाडौं- सभामुख कृष्णबहादुर महराको राजीनामा उपभामुख शिवमाया तुम्बाहाम्फे समक्ष बुझाइएको छ। सभामु्ख महराको राजीनामा पत्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइसमेत रहेका महराका सहयोगी सागर केसीले बुझाएका हुन्।

राजीनामा पत्र बुझाएसँग सभामुख महरा अव सांसदमा सिमित भएका छन्। महराको सभामुखपद गएसँगै उपभामुख तुमबाहाम्फे कार्यवाहकसभामुख भएकी छन्। अब बाँकी छानविनका प्रक्रिया देखि स‌ंसदको नेतृत्व र कार्यसंचालन पनि छानविन प्रक्रिया नटु‌गिदासम्म उपभामुखकै हुने छ।

दाङ-२बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महराको छानविन समिति गठन भएर प्रक्रिया सुरु भएपछि प्रतिनिधिसभा सदस्य पदसमेत निलम्बनमा पर्ने छ।