सुन तोलाको ८ सय रुपैयाँले घट्यो

सुन तोलाको ८ सय रुपैयाँले घट्यो
मङ्लबार, अशोज १४, २०७६

काठमाडौं- दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६९ हजार २ सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७ सयमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुई/तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।