महरा अव जेल जान्छन् : सत्ता र शक्तिमा विवेक गुमाउँदा फसे

शनिबार, अशोज १८, २०७६

काठमाडौं- जनप्रतिनिधिहरुको संस्थाको नेतृत्व गरिरहेका सभामुख कृष्णबहादुर महरा यौन काण्डमा तानिएर पद गुमाएपछि अिहले सर्वत्र चर्चा चलिरहेको छ। जनप्रतिनिधिहरुको सर्बोच्च संस्थाको नेतृत्व गर्ने व्यक्ति नै पदीय आचरणमा नबसेको घटना सार्वजनिक भएपछि यसले समाजमा दिने सन्देश र महरा र घटनामा जोडिएको स्वास्थ्यकर्मी रोशनी शाहीको भविश्यका विषयमा चर्चा बढेको हो।

 विश्लेषकहरुले भने सत्ता र शक्तिको मातमा विवेक गमाउँदा महरा फसेको टिप्पणी गरेका छन्। समाजलाई मानवशास्त्रीय कोणबाट हेर्ने विश्लेसक विष्णु दाहालले समाजमा विवाहेत्तर सम्बन्ध बढिरहेको टिप्पणी गर्दै सभामुख महरा भने पदीय आचरण भुलेका कारण समस्यामा फसकेको बताएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुरा गर्दै विश्लेषाक दाहालले महरा यौन प्रकरण आफैले ढाकछोप गर्न खोजेका कारण अन्तराष्ट्रियकरण भएको भन्दै अव महराा जेल जान सक्ने बताएका छन्।

उनले दशैमा महरा नबनेस भनेर आशिर्वाद दिने अवस्था आएको भन्दै उच्च ‌ओहोदामा भएका बेला सार्वजनिक भएको घटनालाई ‘घटना शास्त्र’बाट मात्र नभएर शक्ति र राजनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनले महरा गलत काम गरेर जोगिन नसक्नुका पछाडी उनको दुई अध्यक्षासँगको सम्बन्ध र चीनसहित शक्ति राष्ट्रसँगको सम्बन्धलाई पनि कारणका रुपमा औंल्याएका छन्।

हेर्नुस विश्लेषक दाहालसँगको पूरा अन्तरवार्ता