निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति
आइतवार, अशोज १९, २०७६

काठमाडौं- यौन काण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। गत आइतबार राती संसदमै कार्यरत एक स्वास्थ्यकर्मीलाई उनको डेरामै पुगेर बलात्कार प्रयास गरेको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए।

मंगलबार नै प्रहरीमा पुगेर पीडित भनिएकी महिला रोशनी शाहीले ‘महरा आफ्नो बाबु समान’ भएको भन्दै  आफ्नो डेरामा महरा नआएको भन्दै तीनकुने प्रहरी बृत्तमा निवेदन दिएपछि घटना केही साम्य भएको थियो। तर, त्यस्तो निवेदन दिएकी शाहीले नै शुक्रबार महराले बलात्कार प्रयास नै गरेको भन्दै निवेदन दिएपछि काण्डमा नयाँ ट्वीस्ट आएको थियो।

शाहीले स्वास्थ्य परीक्षणका लागिसमेत आफू तयार रहेको बताएपछि उजुरी दर्ता गरेको प्रहरीले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतको आदेश कुरिरहेको थियो। काठमाडौं जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्ने अनुमति दिएपछि प्रहरी महरालाई पक्राउ गर्ने तयारीमा छ।