नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रदर्शन कस्तो रहला ?

नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रदर्शन कस्तो रहला ?
सोमवार, अशोज २०, २०७६

काठमाडौं– ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा हङकङविरुद्ध ४ विकेटको जीत निकालेको नेपालले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ ।

जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्डविरुद्धको खेल नेपालका लागि सहज भने छैन । नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । पछिल्लो पटक नेपाल र नेदरल्याण्डबीचको एउटा टी–२० खेल इंग्ल्याण्डको लड्र्स मैदानमा भएको थियो ।

उक्त खेल बर्षाका कारण रद्द भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड छन् ।