फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता
सोमवार, अशोज २०, २०७६

बागलुङ । जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन् । खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।