राष्ट्रपतिले लगाईन आमा मिथिला पाण्डेको हातबाट दशैंको टिका

राष्ट्रपतिले लगाईन आमा मिथिला पाण्डेको हातबाट दशैंको टिका
मङ्लबार, अशोज २१, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छिन । राष्ट्रपति कार्यालयमा आज उनले टिकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् ।

उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गरेकी छिन । राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।