२ देखि ४ बजेसम्म त्रिभूवन विमानस्थल बन्द : चिनियाँ राष्ट्रपतिको कार्गो विमान ल्याउँदा अन्य उडान प्रभावित

२ देखि ४ बजेसम्म त्रिभूवन विमानस्थल बन्द : चिनियाँ राष्ट्रपतिको कार्गो विमान ल्याउँदा अन्य उडान प्रभावित
मङ्लबार, अशोज २१, २०७६

काठमाडौं- त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल  ४ बजेसम्म बन्द हुने भएको छ। चिनियाँ राष्ट्रपति जीनपिङको आसन्न नेपाल भ्रमणाका लागि आएको कार्गो विमानका कारण २ बजे देखि ४ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको हो।

विमानस्थल व्यवस्थापनले त्यस अवधीमा उडान र अवतरण दुबै नहुने बताएको छ। स्रोतका अनुसार आगामी २५ गते हुने पिङको भ्रमणका लागि यहाँ रहँदा प्रयोग गर्ने कारसमेत ल्याएर आएको कार्गो विमानका लागि त्रिभूवन विमानस्थलको ह्याङगर (पार्कीङ) साँघुरो भएपछि रनवेमै पार्किङ गर्नुपरेका कारण उठान तथा अवतरण ठप्प पारिएको हो।

चिनियाँ राष्ट्रपतिको विमान नअट्ने भएकै कारण उनको भ्रमण अवधीमा पनि विमानस्थल बन्द हुने बताइएको छ।