झण्डै दुईलाख नगदसहित सुर्खेतमा ७ जुवाडे रंगेहात पक्राउ

झण्डै दुईलाख नगदसहित सुर्खेतमा ७ जुवाडे रंगेहात पक्राउ
मङ्लबार, अशोज २१, २०७६

डिलबहादुर खत्री
सुर्खेत : भेरीगंगा नगरपालिका-१३, सत्तरीबाट ७ जना जुवाडेलाई सुर्खेत प्रहरीले रंगेहात पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले सोमबार काठेघारी सामुदायिक वनभित्र जुवा खेलिरहेको अवस्थामा एक लाख ९१ हजार ४ सय ९५ रुपैयाँ नगदससहित ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका सन्दिप श्रेष्ठ, धिरज अधिकारी, चिरञ्जीवी वली तथा भेरीगंगा नगरपालिकाका कर्णबहादुर चन्द, दिपक थापा, दिपक वली र भानु खड्का रहेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए।

उनीहरुलाई फौजदारी अपराध संहिताको परिछेच्द-५ को दफा १२५ बमोजिम पहिलो पटकको हकमा तीन महिना कैदसहित ३० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था बमोजिम मुद्दा चल्न सक्ने प्रहरी निरीक्षक चौलागाईंले बताए।