आज दिउँसोपख मेघ गर्जनसहित पानी पर्न सक्ने सम्भावना

आज दिउँसोपख मेघ गर्जनसहित पानी पर्न सक्ने सम्भावना
बुधबार, अशोज २२, २०७६

काठमाडौं । देशका केही स्थानमा आज दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने भएको छ । पुर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको हाे ।

दिउँसो पख यि स्थानको मौसम आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम खालको पानी पर्ने छ । मनसुनी गतिविधि सकिनुपर्ने समय भएपनि यस बर्ष भने ढिलोसम्म सक्रिय भइरहेको छ ।

जलबायु परिर्वतन, बंगालको जलबाष्पयुक्त हावा, अरव सागरबाट आएको बायु र भारतमा रहेको मनसुन न्युनचापिय रेखा नेपालतर्फ सरेका कारण मनसुनी गतिविधी सकृय भइरहेको महाशाखाले जनाएको छ।