चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने तय

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने तय
बुधबार, अशोज २२, २०७६

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । राष्ट्रपति सी को राजकीय भ्रमण आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार भने भारत भ्रमणमा जाने छन् । भारत भ्रमण सकेर चीन फर्कने क्रममा शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो ।