विश्वकप छनौटमा नेपालको अष्ट्रेलियासँग ५-० को हार

विश्वकप छनौटमा नेपालको अष्ट्रेलियासँग ५-० को हार
बिहिबार, अशोज २३, २०७६

काठमाडौं- विश्व कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेलमा नेपालाई फराकिलो अन्तरको हार हात लागेको छ। अष्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलमा घरेलु टोलीसँग नेपाल ५-० ले पछि परेको हो।

अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान दुई-दुई गोल गरेका छन्। नेपाली टिमले निरन्तर दवाबका खेप्दै पाँच सुन्यमा चित्त बुझाएको छ। खेलको छैटौं मिनेटमै गोल खाएको नेपालले १९ औं मिनेटमा अर्को गोल खान पुग्यो।

२४ औं मिनेटमा अष्ट्रेलियाका लागि ह्यारीले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरे। सुरुवाति २४ मिनेट सम्हालिन नसकेको नेपालले अट्याक गर्न नसकेपनि अष्ट्रेलिएन टिमलालाई राम्रैसँग रोक्न सकेको थियो।

अष्ट्रेलियाका लागि ह्यारीले दोस्रो हाफ खेल्दै गर्दा ५९ मिनेटमा अर्को गोल गरे। उनले हेडमार्फत गोल गरेर विश्राम लिएनन् थपिएको ३ मिनेटको अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।

नेपाली टिमको २४ मिनेटपछिको प्रदर्शन राम्रो भएपनि गोल गर्न नसक्दा सुन्य हात लाएर फर्कनुपर्यो। विश्वकप खेलिसकेको अष्ट्रेिलयासँग २४ मिनेटपछिको खेल भने सन्तेषजनक नै मानिएको छ।