विकासको विडम्बना : राजकीय भ्रमणका लागि सी चेन्नइबाट उडिसक्दा यता सडक पिच हुँदै

विकासको विडम्बना : राजकीय भ्रमणका लागि सी चेन्नइबाट उडिसक्दा यता सडक पिच हुँदै
शनिबार, अशोज २५, २०७६

काठमाडौं- नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतबाट नेपाल आउँदै छन्। सीको स्वागतका लागि सरकारले पछिल्लो साता कुनै कसर बाँकी राखेको छैन।

तर, हाम्रो विडम्बना भारतको चेन्नइबाट नेपालका लागि चिनियाँ राष्ट्रपति सी उडिसक्दा नेपालमा भने सडक पिचको काम जारी थियो। भारतको चेन्नईबाट केही घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिमान आइपुग्छ।

उनको स्वागतका लागि बनाइएको सडकमा उनकै गाडीको टायर पहिलोपटक पनि पर्ने सक्छ। दिउँसो करिब पौने ३ बजे माइतीघर चोकमा सडक पिच भइरहेको थियो।

तत्काल पिचमा गाडी नगुडेका र अहिले देखि त्यहाँबाट सवारी निषेध गरिएकाले पिच गरिसएको सडक नसेलाउँदै त्यहीबाट सी र उनको स्कर्टिङमा खट्ने कार्गेट हिड्ने छ।

ठिक त्यही समयमा तीनकुने गैह्रीगाउँ क्षेत्रमा पनि सडक पिच भइरहेको थियो