आइपुगे सी चिनफिङ : विमानस्थल पुगेर राष्ट्रपति भण्डारीबाट स्वागत

आइपुगे सी चिनफिङ :  विमानस्थल पुगेर राष्ट्रपति भण्डारीबाट स्वागत
शनिबार, अशोज २५, २०७६

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन्। भारतको चेन्नईबाट एयर चाइनाको विशेषा  विमानबाट राष्ट्रपति सी केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको अत्तिविशिष्ट कक्षमा समकक्षी राष्ट्पति भण्डारीले स्वागत गरेकी हुन्। सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुगेका थिए।