चिनियाँ राष्ट्रपति सीलाई त्रिभूवन विमानस्थलमै ‘गार्ड अफ अनर’

होटल सोल्टि प्रस्थान

चिनियाँ राष्ट्रपति सीलाई त्रिभूवन विमानस्थलमै ‘गार्ड अफ अनर’
शनिबार, अशोज २५, २०७६

काठमाडौ- चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभूवन विमानस्थलको अत्तिविशिष्ट कक्षमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

विदेशी राष्ट्रप्रमुख/सरकार प्रमुखलाई सैनिक मञ्च टुडिखेल पुगेर सम्मान गारत दिने अभ्यास केही समय अघि सुरु गरिएपनि सुरक्षाा व्यवस्थापनका लागि सीलाई विमानस्थलमै प्रदान गरिएको हो।

राष्ट्रपति विद्या भण्डारीले सीलाई विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन्। राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिहरु तथा उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेर सीको स्वागत गरेका थिए।