सीको भ्रमणमा नेपाल सरकार : मामा आउँदा केटाकेटी खुशी भएजस्तो मात्र गर्न हुन्न

सीको भ्रमणमा  नेपाल सरकार : मामा आउँदा केटाकेटी खुशी भएजस्तो मात्र गर्न हुन्न
आइतवार, अशोज २६, २०७६

काठमाडौं–समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण साना केटाकेटीका लागि मामा घरमा आएको जस्तो भएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले सीको नेपाल भ्रमण ऐतिहासिक भए पनि के उपलब्धी भयो भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए । उनले भ्रमणबाट प्राप्त उपलब्धीको नतिजा हेरेरमात्र भ्रमणको थप विश्लेषण गर्न सकिने भट्टराईको भनाई छ ।

भ्रमणका लागि नेपाल आएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिँदै भट्टराईले सफल भ्रमण गराएकोमा नेपाल सरकारलाई बधाई पनि दिए ।

उनले मामामाईजुकै उदाहरण दिँदै सीको भ्रमण नेपाल सरकारले पनि मामामाईजुलाई भेट्दा हुने खुसी जस्तो बनाउन नहुने दाबी गरे ।