लोकतन्त्रका लागि कांग्रेस र हामी सँधै सँगै : प्रधानमन्त्री

लोकतन्त्रका लागि कांग्रेस र हामी सँधै सँगै : प्रधानमन्त्री
आइतवार, अशोज २६, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सम्बन्ध पहिलेदेखि उस्तै रहेको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र स्थापनाका लागि आफ्नो दल र कांग्रेससँधै सँगै र एकै ठाउँमा भएको बताए ।

लोकतन्त्रका लागि दुवै दलका मुद्दा एकै भएको भन्दै प्रधानमन्त्रीले दुई दलबीच आपसमा कुनै दुस्मनी नरहेको बताए । कुनै मनमुटाव भएपनि आजको चियापानले सबै समाप्त पारेको प्रधानमन्त्रीको भनाई छ ।

दशैंको अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैलाई नराम्रा कुरा त्याग्न सबैलाई प्रेरणा मिलोस भन्ने आफ्नो चाहाना रहेको बताए ।