परशुराम नगरपालिकाका मेयरको स्काइभेटरले किच्दा एकजनाको मृत्यु

परशुराम नगरपालिकाका मेयरको स्काइभेटरले किच्दा एकजनाको मृत्यु
सोमवार, अशोज २७, २०७६

डडेलधुरा- डडेल्धुराको आलिताल गाउँपालिका-४, जालटुडामा स्काइभेटरले किचेर एकजनाको मृत्यु भएको छ। आइतबार राति स्काभेटरले पैदलयात्रीलाई किच्दा घटनास्थलमै मर्त्यु भएको हो।

मृत्यु हुनेमा आलिताल गाउँपालिका-४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेका छन्। परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको सिमानातर्फ जाँदैगरेको बा २ क ५४६४ नम्बरको स्काइभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

चालकको लापरवाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन्। स्काइभेटर परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्राली, कैलालीको रहेको छ।

स्काइभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजीकार्य तीव्र पारिएको प्रहरी नायम उपरीक्षक न्यौपानले जानकारी दिए।