कमला बगरमा बेवारिसे वम

कमला बगरमा बेवारिसे वम
सोमवार, अशोज २७, २०७६

गणेश साह
बन्दिपुर- सिरहाको कर्जन्हा नगरपालिका-३ स्थित कमला नदीको बगरमा बेवारिसे अवस्थामा वम फेला परेको छ ।  बालुवा चाल्न गएका मजदूरहरुले वम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर गरे लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका टोली वम फेला परेको स्थानमा  पुगेका थिए।  तीनवटै टोली पुग्दा शक्तिशाली सकेट वम भएको पाइएको थियो।

वेवारिसे वम विस्फोट भएको भए त्यसले ठुलो धनजनको क्षाति गर्ने बताइएको छ। सेनाको वम डिष्पोजल टोलले बम निस्क्रिय पारेको थियो।

बन्दीपुर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अजितकुमार पाण्डेका अनुसार प्रहरीले आपराधिक समूहले वम फालेको हुन सक्ने प्रारम्भि अनुमान गरेको छ।

पछिल्लो केही समयदेखि सिरहामा अपराधिक समुहहरुको विगविगी छ। तर,  चोरी डकैतीसहितका आपराधिक क्रियाकलाप बढिरहेपनि प्रहरी उदासिन हुँदा भयभित भएर बाच्नुपरेको स्थानीयको गुनाशो छ।