डाक्टर नभेटेपछि विरामीका आफन्तबाट तोडफोड : गजेन्द्ननारायण सिंह अस्पतालमा तनाव

डाक्टर नभेटेपछि विरामीका आफन्तबाट तोडफोड : गजेन्द्ननारायण सिंह अस्पतालमा तनाव
सोमवार, अशोज २७, २०७६

एमके माझी
सप्तरी- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक अबेर सम्म पनि डियुटीमा नआएको भन्दै विरामीका आफन्त र केही विद्यार्थीले सोमबार अस्पताल तोडफोड गरेका छन् ।

दिउँसो २ बजेसम्म पनि डाक्टर अनुपस्थित भएपछि विरामीका आफन्तले डाक्टरका कार्यकक्ष तोडफोड गरेका हुन्।  अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजे सम्म नआउँदा आक्रोसित बनेका विरामीका आफन्त तथा केही विद्यार्थीहरु मिलेर नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए।

तोडफोडबाट डा. झा र डा. यादव विरामी जाँच्न बस्ने कोठाको झयाल, ढोका, कुर्सी र टेबुल लगायतका सरसामानमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टर नआएर आक्रोसित बनेका विरामीका आफन्तलाई विद्यार्थीले साथ दिदै प्रदर्शनको गरेका थिए।  दिउसो २ बजेबाट सुरु भएको तनाव ४ बजे प्रहरीको ७ुलो संख्यामा उपस्थितिपछि मात्र नियन्त्रणमा आएको थियो।

प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज-१ निवासी गुन्जन झालाई पक्राउ गरेको छ। विरामीहरुलाई समस्या हुँदासमेत अस्पताल प्रशासनले वेवास्ता गरेको र डाक्टरबारे सोध्दा उत्तेजित बनाउनेगरी गैरजिम्मेवार जवाफ दिएको विरामीका आफन्तको गुनाशो छ।

अस्पताल प्रशासनले भने डा. झा विदामा रहेको र अर्का डा. यादव सोही समयमा ईमेरजेन्सिमा एक विरामीको उपचारमा संलग्न रहेको भन्दै बचाउ गरेको छ।

स्थिति तनाबग्रस्त बन्दै गएपछि ठुलो संख्यामा प्रहरी ल्याएर अस्पताल परिषर नियन्त्रणमा राखिएको थियो।