मृगौला तस्करीको आरोपमा निदान अस्पतालका कार्यकारी निर्देशकसहित ५ जना पक्राउ

मृगौला तस्करीको आरोपमा निदान अस्पतालका कार्यकारी निर्देशकसहित ५ जना पक्राउ
बुधबार, अशोज २९, २०७६

काठमाडौँ । मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालबाट कार्यकारी अधिकृत र डाक्टरसहित पाँच जना पक्राउ परेका छन् ।

काठमाडौं २६ घर भएका निदान अस्पतालका कार्यकारी निर्देशक विपेन्द्र प्रधान, चिकित्सक डाक्टर राजेश पन्त, रामेछापका शंकरलाल लामा, सप्तरीका कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।