जोकरका अभिनेता वाकिन दुर्घटनामा परे

जोकरका अभिनेता वाकिन दुर्घटनामा परे
बिहिबार, अशोज ३०, २०७६

हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जेलसमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परे पनि उनलाई कुनै चोट भने लागेको छैन ।

आफ्नो गाडी पार्किङबाट निकाल्ने क्रममा उनी दुर्घटनामा परेको समाचार माध्यमले जनाएका छन् । उनको गाडी फायर डिपार्टमेन्टको ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेर फिनिक्सको कारमा भने चोट पुगेको छ । उनको कारको केही भाग टुटेको छ । फिनिक्सले यसलाई सामान्य रुपमा लिएका छन् भने जरिवाना पनि भर्न लगाएका छैनन् ।

वाकिनले अभिनय गरेको हलिउड फिल्म जोकर विश्व चर्चित फिल्म हो ।