फेरि चर्चामा पूर्वयुवराज पारस : सोनिकासँग बाइकमा सरर, टिकटक भिडियो भाइरल (भिडियो)

फेरि चर्चामा पूर्वयुवराज पारस : सोनिकासँग बाइकमा सरर, टिकटक भिडियो भाइरल (भिडियो)
बिहिबार, अशोज ३०, २०७६

पुष्कर खतिवडा

काठमाडौं । केहि दिनयता सामाजिक सञ्जालमा पूर्व युवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ ।

उद्दण्ड गतिविधिका कारण प्रायः चर्चामा आइरहने पारस भाइरल हुनुमा यसपटक उनको उद्दण्डता भन्दा पनि उत्तेजक र अश्लिल संवाद बनाएर चर्चामा आउने युट्युबर सोनिका रोकायासंगको हिमचिम थियो ।

आफुलाई चर्चामा ल्याउन जे पनि गर्न तयार हुने सोनिका रोकाया र उदण्ड स्वभावका कारण चर्चामा आइरहेन पूर्वयूवराज पारस भाइरल भिडियोमा एक बाइकमा सोनिकाका साथ देखिन्छन् ।

हार्ले डेभिड्सन बाइकमा हेलमेट लगाएर बसेका पारस आफ्ना शुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । उनले शुभेच्छुकलाई सबैजना नेपाली भएकाले कसैलाई यो वादि उ वादि भनेर नछुट्याउन आग्रह गर्छन् ।

यतिकैमा पछाडिबाट सोनिका आउँछिन् र सरासर पारसको बाइकमा बस्छिन् । सोनिका बाइकमा बस्नासाथ पारसले बाइक हुइकाएर अघि बढाउछन् ।

यता भिडियोमा संगै देखेको भरमा सोनिका र पारसको हिमचिम भएको बिषयलाई दुबैले नकारेका छन् । पारस आफुमा सत्ता र राजा हुने मोह नरहेको बताउँदै आएका छन् भने सोनिका पारस आफुलाई सुर्धाने अभिभावक भएको बताउँदै आएकी छिन् ।

हुनत पारस र सोनिका एउटै बाइकमा हिडेकै भरमा उनिबिच हिमचिम छ भन्ने आधार हुँदैन । तर पछिल्लो समय सोनिका र पारसका केहि टिकटक भिडियोहरु बाहिरीएका थिए । जसको एउटा भिडियोमा पारस बसेको पृष्ठभुमि पारेर सोनिका सहित ३ युवतिले यस्तो टिकटक भिडियो बनाएका थिए ।

निकै चर्चामा रहेको पारस र सोनिकाको यो टिकटक भिडियो बाहेक अरु पनि टिकटकमा भिडियो बाहिरीएका छन् ।

आफुलाई कहिले समलिंगी त कहिले क्यारेक्टरलेस युवती बताउने सोनिका युट्युबर तथा मोडल हुन् । उनको उत्तेजक भिडियो र संवाद बोलेर चर्चा कमाउने चाहना राख्ने युवतीको रुपमा छबि बनेको छ ।

भिडियो हेर्नुहोस्

पछिल्लो समयमा सोनिकाले काठमाडौंको दरबारमार्गमा लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएकी छन् । चर्चा कमाउन आफ्नो लाउन्जमा चलचित्र कलाकार बोलाउने सोनिकाले केहि अघि पारसलाई समेत निम्तो दिएकी थिइन् ।

पारस त्यहाँ पुग्दा सोनिकाले सारीमा पटक–पटक फोटो खिचाएकी थिइन् । त्यहिंबाट सोनिका र पारसको सामिप्यता बढेको हल्ला चलेको थियो ।

सोनिकाले अहिले सामाजिक सञ्जालमा आफ्नो नाम परीवर्तन गरी रोकाया सरकार सोनिका राखेकी छन् ।

यो संगै सामाजिक सञ्जालकर्ताहरुले सोनिकाको फोटो परिवर्तन गरि राज्यलक्ष्मीदेवि शाहको उपमा दिदै उनको फोटो ट्रोल बनाएका छन् ।

२०६४ साल जेठ १५ मा राजतन्त्र अन्त्य भएपछि विदेशमा नै बसोवास गर्दै आएका पारस करिब चार बर्ष यता नेपालमा नै छन् । तर यो ४ बर्षमा पारसले पिता ज्ञानेन्द्र शाह सहित शाह परिवार बस्ने नागार्जुनमा प्रवेश पाएका छैनन् ।

पछिल्ला केहि बर्षमा पारस र उनकी श्रीमती हिमानी शाहबिच पनि राम्रो सम्वन्ध नभएको चर्चा छ । ३ छोराछोरीका बुवा पारस सन् २०१५ अघि बैंकक बस्दा थाई मोडल कन्निका चायरसानसँग प्रेममा थिए ।

कन्निकाले त आफ्नो सन्तानको पिता पारस भएको दाबि गर्दै सामाजिक सञ्जालमा पोष्ट नै गरेकी थिइन् । यतिमात्र होइन, करिब ३ बर्ष अघि हिमानीको फोटो पोष्ट गर्दै कन्निकाले हिमानीसँग रिस समेत पोखेकी थिइन् । तर उनले त्यो पोष्ट केहिबेरमा हटाएकी थिइन् ।

अन्ततः सन् २०१५ मा पारस नेपाल फर्किएर कुण्डलिनि फिटनेस क्लबमा बस्न थाले । कुण्डलीनि पछि उनि जिवनकुञ्जमा सरे । २०७२ सालमा जिनवकुञ्ज भूकम्पले भत्काएपछि पारसले निर्मल निवासमा प्रवेश पाए ।

त्यसको १ बर्षपछि पारसलाई पूनः हृदयघात भयो । उक्त हृदयघात पछि भने पारस धार्मिक गतिबिधि सहित अध्यात्म तिर बढि केन्द्रित भएका थिए । त्यसयताको १ बर्ष पारसको कुनै नराम्रो समाचार बाहिर आएन ।

त्यसैले धेरैले पारस अब सप्रिएको भनेर अड्कल गरे । तर ४ महिनायता पारसका ३ वटा काण्ड बाहिरिसकेका छन् । विमानस्थलमा प्रहरीमाथि दुरब्र्यवहार, तिब्र गतिमा सवारी हाँकेको र सोनिका रोकायासंगको सामिप्यता ।

पारस कहिले ट्राफिक त कहिले सडक छेउका मान्छे कुटेको विवाद मुछिए भने कहिले सोल्टी होटलमा पेस्तोल देखाएको, एभरेष्ट क्यासिनोमा हवाई फायर गरेको, प्रहरी हेडक्वार्टरमा प्रहरीलाई कुटेको, प्रहरीलाई थर्काएको लगायतका घटनामा आरोपित रहे ।

आजसम्म पनि पारस विरुद्ध जति नै उजुरी वा आरोप भएपनि ति सबैमा पारस कानुनतः निर्दोस साबित हुँदै आएका छन् । पारस कहिलेकाहिं शान्त र शालिन देखिएपनि उनको नानि देखि लागेको बानि कहिल्यै नसुध्रिने अड्कल गरिन्छ ।