नेकपाका अध्यक्ष प्रचण्ड भन्छन्–एकता गरेर सकिँए

नेकपाका अध्यक्ष प्रचण्ड भन्छन्–एकता गरेर सकिँए
आइतवार, कार्तिक ३, २०७६

श्रीकृष्ण सुवेदी

काठमाडौं- पार्टी एकता भएको डेढ वर्ष पनि नपुग्दै नेकपा अध्यक्ष प्रचण्ड पार्टी एकता प्रति पछुताउन थालेका छन् ।

जुन सोच र चाहना अनुसार पार्टी एकता गरिएको थियो त्यो स्प्रिटमा पार्टी अघि बढ्न नसकेको भन्दै प्रचण्डले पश्च्याताप गरिरहँदा जानकारहरु भने आलोपालो सरकार नेतृत्वको कुरा नमिलेकै कारण प्रचण्डको बोली फेरिएको दाबी गर्छन ।

गत वर्ष नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा गठन भएको थियो । त्यसयता प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल स्वंयम नेकपा अध्यक्ष छन् । तर, पछिल्लो समय पार्टी एकता गरेर पछुताएको अभिव्यक्ति दाहालले दिएपछि राजनीतिक बहश शुरु भएको छ ।

पार्टी एकता पछि दाहालले श्रृङखलाबद्ध रुपमा विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् ।

कहिले फेरि युद्ध गर्ने त कहिले आन्दोलन गर्ने मात्र नभई दाहालले राजनीति छाडेर बुद्धजस्तै तपस्वी बन्ने जस्ता अभिव्यक्ति दिएका छन् ।

जसलाई उनीसंगै काम गरेका र दाहाललाई नजिकबाट नियालीरहेकाहरु, पहिले देखिनै प्रचण्डमा स–साना विषयमा प्रतिक्रिया दिइहाल्ने चरित्र रहेको दाबी गर्छन । तर, प्रचण्डको पछिल्लो अभिव्यक्ति भने प्रधानमन्त्री समेत रहेका ओलीसंग भएको सत्ता बांडफांटमा कुरा नमिलेकै कारण आएको राजनीतिक विश्लेषक मुमाराम खनालको ठम्याई छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुने बेला बराबर अवधीको लागि सरकार र पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । जस अनुसार ओलीले सरकारको नेतृत्व सम्हालेको एकबर्ष बित्दा नबित्दै प्रचण्डले आलोपालो सहमतिको प्रश्न वहशमा ल्याएका हुन् ।

दाहालको दावी अनुसार अवको केहि महिना भित्रै ओलीले प्रचण्डलाई सरकारको नेतृत्व सुम्पिनुपर्ने हुन्छ । तर, दाहालको दवाव र शर्त प्रति ओली सकरात्मक देखिएका छैनन् ।

यसैको परिणामः प्रचण्डबाट यस्ता अभिव्यक्ति आइरहेको विश्लेषकहरुको ठम्याई छ ।