महरालाई थप ५ दिन हिरासतमै राख्न अनुमति

महरालाई थप ५ दिन हिरासतमै राख्न अनुमति
फाइल तस्वीर
आइतवार, कार्तिक ३, २०७६

काठमाडौं–यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीले ७ दिनको म्याद मागेपनि न्यायाधीश बाबुराम सुवेदीको इजलासले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उनलाई आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई प्रहरीले बयान लिन शुरु गरेको थियो ।

उनी माथीको बयान नसकिएको भन्दै प्रहरीले थप ७ दिन समय माग गरेको थियो ।

पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्य ठीक नभएको भन्दै उनले बयान दिन अस्विकार गर्दै आएका थिए । संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो ।