गायक दुर्गेश थापा पक्राउ

गायक दुर्गेश थापा पक्राउ
मङ्लबार, कार्तिक ५, २०७६

काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । देउसी भैलो गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोप लागेका थापालाइ  महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापालाई अहिले टेकुमा राखिएको छ । गायक थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले समाजलाई ‘मिस गाइड’ गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रहरीले गायक थापालाई मंगलबार पक्राउ गरेको हो ।

प्रशासनको आग्रहमा गायक थापालाई प्रहरीले पक्राउ गरेको हो । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।