गायक थापाले युट्युवबाट हटाए विवादित ‘ह्याप्पी तिहार’ गित

गायक थापाले युट्युवबाट हटाए विवादित ‘ह्याप्पी तिहार’ गित
मङ्लबार, कार्तिक ५, २०७६

काठमाडौँ । गायक दुर्गेश थापाको विवादित गित ‘ह्याप्पी तिहार’ युट्युवबाट हटाइएको छ । सामाजिक सद्भाव भड्काएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेका थापा प्रहरी हिरासतमै रहेका बेला उनको विवादित गित हटाइएको हो ।

युट्युवमा धेरैले हेरेको गितका रुपमा रहेको गितलाई सामाजिक सञ्जालमा तिव्र विरोध भएपछि उनले युट्युवबाट गित नै हटाएका हुन् । तिज गित बिच बिचमा बाट धेरै चर्चा बटुलेका गायक थापाको पछिल्लो तिहार गित विवादमा तानिएको थियो ।

उनको गितले सामाजिक सद्भाव भड्काउने भन्दै उनलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । कार्यालयले पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखालाई पत्राचार गरेको थियो । कार्यालयको पत्रपछि प्रहरीले मंगलबार दिउँसो गायक थापालाई गोगंबुबाट पक्राउ गरेको थियो ।