जनकपुरमा गोली चल्यो : पेट्रोल पम्प संचालक मनोजकुमार साहको मृत्यु

जनकपुरमा गोली चल्यो :  पेट्रोल पम्प संचालक मनोजकुमार साहको मृत्यु
बुधबार, कार्तिक ६, २०७६

धनुषा- जनकुरको मुजेलियामा गोली चल्दा एकजनाको मृत्यु भएको छ। गोलीबाट जनकपुरधाम उपमहानगरपालिका -१४ का मनोजकुमार साहको मृत्यु भएको हो।

अन्दाजी ४० वर्षका साहको छिमेकी पंकज चौधरीको घरमा गएका बेला चौधरीले गोली हानेका हुन्। मृतक साह शिव आएल पेट्रोल पम्पका संचालक हुन्। प्रहरीले हत्यारा चौधरीलाई नियन्त्रणमा  लिइसकेको छ।

‘गोली हानेर चौधरी  छिमेकीको घरमा लुकेका थिए, घर घेरा हालेर हामीले चौधरीलाई पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले भने।

खानतलास गर्दा चौधरीको घरबाट थप हतियारसमेत फेला परेको र बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले दुईवटा पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको छ। दुईजनाबीच लेनदेनको विषयमा  विवाद भएकोफ हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।