प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना
बुधबार, कार्तिक १३, २०७६

काठमाडाैं  । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका छन् ।

बुधबार विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले नियमित औषधि खाँदै आएका छन् ।