नेपाली क्रिकेट टोलीको कप्तान बने मल्ल, उपकप्तानको जिम्मेवारी ऐरीलाई

नेपाली क्रिकेट टोलीको कप्तान बने मल्ल, उपकप्तानको जिम्मेवारी ऐरीलाई
बुधबार, कार्तिक १३, २०७६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल घोषणा गरिएको छ ।
तत्कालिन कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि उपकप्तान समेत रहेका मल्ललाई नेपाल क्रिकेट संघले कप्तानमा छनाैट गरेको हो ।

क्रिकेट संघले राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिएको छ ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

एक दशकसम्म नेपाली क्रिकेटको कप्तानी गरेका पारस खड्काले केही समय अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पद छाड्ने घोषणा गरेका थिए ।