दशरथ रंगशालाको प्याराफिटमा सिट जडानको काममा तिव्रता

दशरथ रंगशालाको प्याराफिटमा सिट जडानको काममा तिव्रता
शुक्रबार, कार्तिक १५, २०७६

काठमाडौ । दक्षिण एसियाली खेलकुद (साग)को मिति नजिकिँदै जाँदा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको प्याराफिटमा सिट जडानको कामले तिव्रता पाएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षति पु¥याएपछि पुनर्निर्माण भइरहेको दशरथ रंगशालामै १३औंँ सागको उद्घाटन हुने भएकाले सीट जडानको कामलाई तीव्रता दिईएको हो ।

आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यकाका साथै पोखरा र जनकपुरमा साग आयोजना हुने भएकाले तयारीको कामलाई तीव्रता दिएको छ । साधारण प्याराफिटतर्फ १५ हजार सिट राखिने छ । यसका साथै मंसिर ३ गते नेपालले कुवेतविरुद्ध विश्वकप छनोट खेल दशरथ रंगशालामै खेल्ने तयारी छ ।

त्यसका लागि पनि यो महिनाभित्रै रंगशालाको सिट राख्ने काम सक्नुपर्ने बाध्यता अनुसार निर्माण कार्यले तिव्रता पाएको हो ।