अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया सुरु

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रक्रिया सुरु
शुक्रबार, कार्तिक १५, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु हुने भएको छ ।

बिहिबार अमेरिकी प्रतिनिधि सभा हाउस अफ रिप्रिजेन्टेटिभ्स्ले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । राष्ट्रपति ट्रम्पविरुद्ध सांसदहरूले महाभियोग प्रक्रियाका लागि मतदान गरेका थिए ।

मतदानमा महाभियोग प्रक्रिया अघि बढाउने पक्षमा दुई सय ३२ मत खसेको थियो भने विपक्षमा एक सय ९६ मत खसेको थियो ।

ट्रम्पमाथि उनका राजनीतिक प्रतिद्वन्द्वी जो बिडेन र उनका छोरा विरूद्ध भ्रष्टाचारको मुद्दा छानबिन गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दवाब दिएको आरोप लगाइएको छ ।