प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना
शुक्रबार, कार्तिक १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे।

मल्ललाई केही दिनअघि मात्रै नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।