फौजी किराले धानबाली सखाप : बाँके-बर्दियामा मात्र ५ हजार परिवारको विचल्ली

फौजी किराले धानबाली सखाप : बाँके-बर्दियामा मात्र ५ हजार परिवारको विचल्ली
शनिबार, कार्तिक १६, २०७६

नेपालगंज- वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसानको विचल्ची भएको छ।

अन्न भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पुर्‍याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगका लागि गुहार मागेका छन्। उनीहरुले बाँके र बर्दियाका स्थानीय सरकार देखि प्रदेश र संघीय सरकारसँग राहत तथा क्षतिपूर्तिको माग राखेका छन् ।

‘हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न पनि धौधौ भएको छ,’ बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोख्दै भने, ‘अव वर्षभरी के खाएर बाच्चे भन्ने चिन्ताले निद्रासमेत लाग्न छोडेको छ।’

केहि दिनअघि नेपालगञ्ज आएका प्रदेश नम्बर-५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पनि पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया दुई हजार हेक्टर धानबालीलाई क्षति पुर्‍याएको जानकारी दिए। उनका अनुसार पाँच हजार घरधुरीको विचल्लीमा परेका छन्।