मालीकाे सैनिक कार्यालयमा हमला, ५३ सैनिकको मृत्यु

मालीकाे सैनिक कार्यालयमा हमला, ५३ सैनिकको मृत्यु
आइतवार, कार्तिक १७, २०७६

एजेन्सी । मालीको एउटा सैनिक कार्यालयमा भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।

देशको उत्तरपूर्वी क्षेत्रमा भएको यो आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूले गरेको यो बर्षको सबैभन्दा ठूलो हमला हो । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको त्यहांका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । त्यस क्षेत्रमा अलकायदा आबद्ध जिहादीहरुको प्रभाव बढी छ ।