पूर्वसभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश : डिल्लिबजार कारागार चलान्

पूर्वसभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश : डिल्लिबजार कारागार चलान्
सोमवार, कार्तिक १८, २०७६

काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

आइतबार शुरु भएको थुनछेक बहस सकिपछि उनलाई बरजस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि पठाउन आदेश दिएको हो।

आदेशसँगै महरालाई डिल्लिबजार कारागार लगिएको छ। महराका वकिलहरुले आफ्नो पक्षलाई बलियो बनाउन र विपक्षलाई कमजाेर पार्न पीडित महिलालाई समेत झिकाउन लगाएको बताइएको छ।

अदालतको आदेशसँगै अव महरा मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्ने भएका छन्। अदालतबाट अन्तिम आदेशमा पनि महरा दोषी ठहर भए अहिले देखि थुनामा बस्दाको अवधी अदेश अनुसार पाएको सजाएमा घट्ने छ।