हत्या गरिएको अवस्थामा दम्पती फेला

हत्या गरिएको अवस्थामा दम्पती फेला
सांकेतिक तस्वीर
मङ्लबार, कार्तिक १९, २०७६

काभ्रे- तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् ।

धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्री गर्दै आएका थिए ।

छिमेकीका अनुसार, राति ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आश‌ंका गरिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।