कार्यकर्तालाई जिम्मेवार बन्न नेता सिंहको आग्रह

कार्यकर्तालाई जिम्मेवार बन्न नेता सिंहको आग्रह
मङ्लबार, कार्तिक १९, २०७६

काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्। आज राजधानीमा अयोजित शुभकामना आदानप्रधान कार्यक्रममा उनले कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने भन्दै यसमा गम्भीर हुन आग्रह गरे।

फरक प्रसंगमा उनले वर्तमान सरकारले जनताले दिएको जनादेश पूरा गर्न नसकेको बताएका छन्। बजार महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिबिधिले दुई तिहाईको हैसित जनता सामु प्रष्ट भएकाले सरकार असफल भएको उनको दाबी छ।

सरकारले राम्रो काम गरोस् भन्ने जनचाहानालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सुझाव दिँदै उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए।