अर्घाखाँचीमा भएको कार दुर्घटनामा ३ को मृत्यु, ३ घाईते

अर्घाखाँचीमा भएको कार दुर्घटनामा ३ को मृत्यु, ३ घाईते
बुधबार, कार्तिक २०, २०७६

गणेश खनाल । अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालीका ६ नरपानीका भ्यान दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । भ्यानमा सवार ५ मध्ये २ जना घाईते भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट सन्धिखर्क आउदै गरेको ६९१७ नम्वरको भ्यान दुर्घटना हुँदा रुपदेन्ही सैनामैना २ का वर्ष ७० का दुर्गादेवी खड्का,सोही स्थानकै वर्ष ४० का तिलक खड्का सोही ठाउँ बस्ने वर्ष ४३ का भक्तबहादुर खड्काको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकास खत्रीले जानाकारी दिनुभयो ।

रुपन्देही सैनामैना नगरपालीका २ कै चालक गगाबहादुर खड्का र उहाँ भतिज विनोद खड्का घाईते भएको जनाईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।