व्यापारघाटा तत्कालै कम हुँदैनः मन्त्री यादव

व्यापारघाटा तत्कालै कम हुँदैनः मन्त्री यादव
बुधबार, कार्तिक २०, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर आफैं उत्पादन नबढ्दासम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताएका हुन् ।

मन्त्री यादवले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने समेत बताए ।

नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’