कांग्रेसले टुङ्ग्यायो उपनिर्वाचनका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो उपनिर्वाचनका उम्मेदवार
बुधबार, कार्तिक २०, २०७६

काठमाडौं । नेपाली कांग्रेसले कास्की –२ को प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै उम्मेदवारको टुंगो लागे पनि आधिकारीक रुपमा बिज्ञप्ती मार्फत सार्वजनिक गर्ने बताए । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन बिहिबार हुदैछ ।

कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याईएको प्रवक्ता शर्माले जानकारी दिए । प्रवक्ता शर्माले यसपटक अघिल्लो भन्दा निकै फरक ढंगले उम्मेद्वार चयनको बिधि बनाएको बताए ।