उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट
बिहिबार, कार्तिक २१, २०७६

पोखरा- कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको हो।

बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकै दिन बम विस्फोट भएको हो।

बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।